गृहपृष्ठ उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत
उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ ।
खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित समय : २०:२६ बजे