global ime bank Long Banner Ad

गृहपृष्ठ असार १० गतेदेखि विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

असार १० गतेदेखि विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

असार १० गतेदेखि विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । काठमाडौं महानगरपालिकामा पहिलो पटक खोखो प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरको सहयोगमा नेपाल खो खो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगिता सम्बन्धी जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा, पहिलो पटक महानगरपालिका व्यापी विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता २०८३ हुन गइरहेको जानकारी दिइएको हो ।

काठमाडौं महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीले शिक्षा र खेलकुदका कार्यक्रमलाई समानान्तर र समान प्राथमिकताका साथ सञ्चालन गर्ने योजना अनुरूप यो प्रतियोगिता गर्न लागिएको बताए । ज्ञवालीका अनुसार ३६ लाख रुपियाँ लागत रहेको प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले ३० लाख रुपियाँ प्रदान गर्नेछ । संघले ६ लाख रुपियाँ लागत व्यहोर्नेछ ।

संघका अध्यक्ष दिपक महर्जनले विद्यालय स्तरमा खो खो खेलको विकासमा यो प्रतियोगिताले अवसर प्रदान गर्ने धारणा राखे । उनका अनुसार प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुवै समूहका खेलाडीहरूले भाग लिनेछन् । खेल लिग कम नक आउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको निर्णयका लागि ३० जना निर्णायक मण्डल रहनेछन् ।

प्रतियोगितामा शान्ति निकुञ्ज मा.वि., महांकाल मा.वि., भीमसेनगोला मा.वि., पद्मकन्या मा.वि., जनप्रभात मा.वि., सहिद शुक्र मा.वि., विश्व निकेतन मा. वि., सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मा.वि. र कन्या मन्दिर माध्यमिक विद्यालयले भाग लिएका छन् । यस खेलको एउटा टीममा १२ जना खेलाडी रहनेछन् ।

संघका महासचिव शंकर महर्जनले १२ औँ र १३ औँ दक्षिण एशियाली खो खो प्रतियोगितामा लगातार कास्य र रजत पदक दिलाउँदै आएको खेल नेपाली खेलाडी बिच लोकप्रिय हुँदै गएको बताए ।

प्रतियोगिता कीर्तिपुर खोखो हलमा असार १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ । १० वटा सामुदायिक विद्यालयका टोलीले भाग लिएको यो प्रतियोगितामा महिलातर्फ १० वटा र पुरुषतर्फ ८ वटा समूहले प्रतिस्पर्धा गर्दै छन् ।

खेलमा १८ टिमका २१६ खेलाडी तथा ३६ प्रशिक्षक र टिम व्यवस्थापक गरी २५२ जनाको प्रत्यक्ष सहभागिता रहनेछ ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु