गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास गरिएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले केन्द्रीय पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।

भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा सो पुस्तकालयको निर्माण हुनेछ । सो समारोहमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाई लगायत अन्य सरोकारवालाको उपस्थिति थियो ।

सो अवसरमा उक्त परियोजनाको कार्यान्वयनका शिक्षा मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ तीन तले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् ।

भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई)ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण हुनुका साथै बाँकीको निर्माण कार्य अघि बढिरहेको दूतावासको भनाई छ ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु