global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास गरिएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले केन्द्रीय पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।

भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा सो पुस्तकालयको निर्माण हुनेछ । सो समारोहमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाई लगायत अन्य सरोकारवालाको उपस्थिति थियो ।

सो अवसरमा उक्त परियोजनाको कार्यान्वयनका शिक्षा मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ तीन तले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् ।

भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई)ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण हुनुका साथै बाँकीको निर्माण कार्य अघि बढिरहेको दूतावासको भनाई छ ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु