global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ

कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ

कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ काठमाडौँ, ५ असारः आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत अर्थमन्त्री डा स्वर्णिम वाग्ले सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

कर्णाली । पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ गरिएको छ। पिपल इन निड (पिन) अन्तर्गत सञ्चालित ‘प्रतिबद्ध–३’ परियोजनाको समापनसँगै नयाँ परियोजना सुरु गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘प्रतिबद्ध–३ समापन तथा प्रतिबद्ध–४ शुभारम्भ कार्यक्रम’मा परियोजनाबारे जानकारी दिइयो।

पिन कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले युरोपियन युनियनको आर्थिक सहयोगमा पिपल इन निड, आत्मनिर्भर सेवा केन्द्र, सेभ द चिल्ड्रेन इन्टरनेशनल र स्कट विल्सन नेपालको साझेदारीमा परियोजना सञ्चालन गरिएको जानकारी दिए।

कार्यक्रममा अधिकारीले रु ३० करोड ५७ लाख ९७ हजार ९६० बजेटमा सञ्चालित ‘प्रतिबद्ध–३’ परियोजनाका उपलब्धि, सिकाइ, चुनौती तथा अपेक्षाबारे प्रस्तुति राखे। उनका अनुसार बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा सन् २०२४ देखि जुन २०२६ सम्म सञ्चालन भएको उक्त परियोजना सम्पन्न भएको छ।

परियोजना व्यवस्थापक शालिकराम घिमिरेले ‘प्रतिबद्ध–४’ परियोजनाको उद्देश्य, प्राथमिकता क्षेत्र, कार्ययोजना, स्रोत व्यवस्थापन तथा कार्यान्वयन ढाँचाबारे जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाका केदारस्युँ र थलारा गाउँपालिका, कर्णाली प्रदेशको जाजरकोटका बारेकोट गाउँपालिका र नलगाड नगरपालिका तथा लुम्बिनी प्रदेशको प्युठानका सरुमारानी र माण्डवी गाउँपालिकामा परियोजना लागू गरिनेछ।

परियोजनाका लागि रु १५ करोड ८४ लाख ७२ हजार २५६ बजेट विनियोजन गरिएको छ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव विपीन आचार्यले उच्च जोखिमयुक्त भूगोलमा परियोजनाको निरन्तरताले विपद् पूर्वतयारी, प्रतिकार्य, राहत, उद्धार तथा पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने बताए। उनले विपद् जोखिमसम्बन्धी तथ्याङ्क अभिलेखीकरण र समुदायको क्षमता अभिवृद्धिमा समेत परियोजनाले योगदान पुर्‍याउने उल्लेख गरे।

प्रदेश सचिव लक्ष्मीकुमार विकले सामुदायिक विपद् व्यवस्थापन समितिलाई वडा तहसँग जोड्दै बाढी तथा पहिरोजस्ता विपद्का सूचना एकीकृत रूपमा प्राप्त गर्न सकिने संयन्त्र विकास गर्न सुझाव दिए।

शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख उत्तम गौतमले परियोजनाले बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका समुदायमा सकारात्मक प्रभाव पारेको बताए। उनले स्थानीय क्षमता विकास तथा बायोइन्जिनियरिङ क्षेत्रमा राम्रो अभ्यास स्थापित भएको उल्लेख गरे।

पिपल इन निडका देशीय निर्देशक सिमोन डी भिसेन्जले बाढी, पहिरो र भूकम्पको उच्च जोखिम भएका क्षेत्रमा परियोजनाले निरन्तर काम गरिरहेको बताए। उनले विपद् जोखिम न्यूनीकरण, अस्थायी आवास व्यवस्थापन, समुदायस्तरीय सचेतना, बहुप्रकोप पूर्वतयारी तथा सामाजिक सहभागितामूलक पहललाई परियोजनाको प्राथमिकतामा राखिएको जानकारी दिए।

कार्यक्रममा हालसम्मका उपलब्धि, सिकाइ, चुनौती तथा प्रभावको समीक्षा गर्दै असल अभ्यासहरूको पहिचान, दस्तावेजीकरण तथा दीगो व्यवस्थापनलाई आगामी चरणको प्रमुख आवश्यकता औँल्याइयो।

प्रकाशित समय : ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु