गृहपृष्ठ चीनमा एकैदिन ५ हजार भन्दा बढीमा देखियो कोरोना, लकडाउन हुँदा टोयटादेखि एप्पलसम्म प्रभावित

चीनमा एकैदिन ५ हजार भन्दा बढीमा देखियो कोरोना, लकडाउन हुँदा टोयटादेखि एप्पलसम्म प्रभावित

चीनमा एकैदिन ५ हजार भन्दा बढीमा देखियो कोरोना, लकडाउन हुँदा टोयटादेखि एप्पलसम्म प्रभावित

कोरोना भाइरस नियन्त्रण गर्न सफल रहेको दाबी गरिरहेको चीनमा भाइरस संक्रमण पुन: तीव्र रुपमा फैलन थालेको छ ।

मंगलबार ५ हजार भन्दा धेरैमा संक्रमण देखिएको बताइएको छ । पछिल्ला दुई वर्षमा सवैभन्दा धेरै संक्रमित देखिएका हुन् । द नेशनल हेल्थ कमिसन चीनले ५ हजार २ सय ८० नयाँ संक्रमित भेटिएका छन् । अलजजिराका अनुसार जिलिन प्रान्तमा मात्रै तीन हजार भन्‍दा बढी केस देखिएका छन् ।

कोरोना संक्रमण नियन्त्रण गर्नका लागि देशका १० शहरमा लकडाउन लगाइएको छ । चीनको औद्योगिक शहर सांघाइमा समेत कडा नियम लगाइएको छ ।  त्यसैगरी थुप्रै मल्टिनेशनल कम्पनी रहेको शेनझेन शहरमा लकडाउन गरिएको छ । शेनझेनमा लकडाउन हुँदा विश्वको अर्थमै 'लकडाउन' हुनसक्नेमा चिन्ता हुन थालेको छ । शेनझेनमा टोयटा, भक्सवागन र एप्पलको सप्लाएर फक्सकनका फर्महरु प्रभावित बनेका छन् ।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु