गृहपृष्ठ ‘५ दल मिलुन् कि १० दल, फरक पर्दैन, स्थानीय चुनावमा ७० प्रतिशत सिट जित्छौं’

‘५ दल मिलुन् कि १० दल, फरक पर्दैन, स्थानीय चुनावमा ७० प्रतिशत सिट जित्छौं’

‘५ दल मिलुन् कि १० दल, फरक पर्दैन, स्थानीय चुनावमा ७० प्रतिशत सिट जित्छौं’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफूहरुले ६० देखि ७० प्रतिशत सिट जित्ने दाबी गरेका छन् । अखिल नेपाल महिला संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताए ।

पालिका वा सिटका हिसाबले यति जित्नका लागि एमाले एक्लै सक्षम रहेकाे उनले बताए । उनले भने, 'पाँच दल मात्रै लडून् कि ७ दल, १० दल मिलेर लडून् भोटमा कुनै फरक पर्नेवाला छैन ।' अहिले देशमा दुई खाले राजनीतिक शक्ति रहेको भन्दै ओलीले थपे, ‘कांग्रेस-कम्युनिष्ट होइन, परमादेशी, प्रतिगामी कम्युनिष्ट विरोधी शक्ति र हामीले भनेको जनादेशको शक्ति हो ।'

ओलीले बुद्धिजीवीहरूले ‘कम्युनिस्ट पार्टी मिल्ने कि सकिने ?’ भन्दै लेख लेखेकोप्रति आक्रोश पोखे । नाम मात्रै राख्दैमा सबै कम्युनिस्ट नहुने उनले तर्क गरे । कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार ढाल्नेहरू कम्युनिस्ट हुन नसक्ने उनको भनाइ छ ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु