गृहपृष्ठ द ब्रिटिस मोडल कलेजका ४ विद्यार्थी ‘उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्ड’बाट सम्मानित
द ब्रिटिस मोडल कलेजका ४ विद्यार्थी ‘उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्ड’बाट सम्मानित

द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका चारजना ‘ए’ लेभलमा अध्ययनरत विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् । मार्च २०२१ सीएआईई परीक्षाको सेरिजमा चार विद्यार्थीले टप गर्न सफल भएका हुन् ।
क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरि (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेस) र दीप्ति भट्टराई (एएस लेभल एकाउन्टिङ) रहेका छन् ।
‘ए’ लेभल्सका प्रमुख राजनकुमार राईले भने, 'विद्यार्थीहरूले प्राप्त गरेको यो अविश्वसनीय सफलताप्रति ब्रिटिस मोडेल कलेजलाई धेरै गर्व छ । यो पुरस्कार प्राप्त गर्न धेरै मिहिनेत र इमानदार प्रयास चाहिन्छ र हामी यस्ता प्रतिभाशाली विद्यार्थीहरू पाउँदा भाग्यशाली महसुस गर्छौँ ।' बीएमसीका अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तीय शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको उनले बताए । कलेज उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड २०१८ बाट सम्मानित भएको थियो ।
प्रकाशित समय : १९:२८ बजे