गृहपृष्ठ रास्वपा महाधिवेशनस् बन्दसत्र सुरु
रास्वपा महाधिवेशनस् बन्दसत्र सुरु
चितवन, ९ असार :
रास्वपा महाधिवेशनको चहलपहल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मङ्गलबार चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र परिसरमा सहभागीहरूको चहलपहल । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्द सत्र सुरु भएको छ । सोमबार बिहान ८ः३० बजेबाट सुरु गर्ने भनिएको बन्द सत्र प्राविधिक कारणले आज दिउँसो ३ः३० बजेदेखि सुरु भएको हो ।
महाधिवेशनको बन्दसत्रस्थलमा पार्टीका सभापति रवि लामिछानेको मन्तव्यबाट बन्द सत्र सुरु हुँदै छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नेछन् ।
त्यसपछि अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रस्तुत गर्ने आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ । यसै गरी, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुतिपछि छलफल हुनेछ ।
त्यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्ने सङ्गठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्य तालिका रहेको छ । बन्दसत्रअन्तर्गत पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन् ।
सहमहामन्त्री आचार्यको प्रस्ताव अनुमोदन भएपछि उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसै गरी, पार्टी सभापति लामिछानेले बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । यसैबिच पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समितिको घोषणा गर्दै आयोजक समितिको जिम्मेवारी पार्टी सम्बद्ध निर्वाचन आयोगलाई प्रत्यायोजन गरेको जानकारी गराउने छन् ।
महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशन प्रक्रिया अघि बढ्ने क्रममा अयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी गराई तालिका प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
आइतबार दिउँसो भरतपुरस्थित ‘गेस्टहाउस’ चौरमा उद्घाटन भएको रास्वपाको महाधिवेशनअन्तर्गत बन्द सत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सुरु भएको छ ।
प्रकाशित समय : १७:३२ बजे



















