global ime bank Long Banner Ad

गृहपृष्ठ यशोदा फुड्सद्वारा करेन्ट चिज एण्ड बटर, चाउचाउ र चिज बल्स सार्वजनिक

यशोदा फुड्सद्वारा करेन्ट चिज एण्ड बटर, चाउचाउ र चिज बल्स सार्वजनिक

यशोदा फुड्सद्वारा करेन्ट चिज एण्ड बटर, चाउचाउ र चिज बल्स सार्वजनिक

करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्कने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो ।

कार्यक्रममार्फत उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।

सुपर प्रिमियम चाउचाउअन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिली प्याकमा उपलब्ध छ भने यसको प्रतिपिस मूल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ । साथै, फेमीली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जासमेत सोही कार्यक्रमका बिच सार्वजनिक भएको छ । सोही कार्यक्रमकै माध्यमबाट चिजबल्स पारखीका लागि चिज बल्सअन्तर्गत चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिज बल्स समेत सार्वजनिक गरेको छ ।

नेपालमा मात्र नभई भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलियालगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको उद्योगबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

साना तथा मझौला उद्योगदेखि आफ्नो ब्यवसायिक यात्रा सुरु गरेको यशोदा ग्रुपकाे यात्रा प्याकेजिङ, सोना पोलिमर्स  मसला, चियापत्ती, चाउचाउ, हाउजिङ, होटल, फिल्म, सेवासम्म पुग्दै नेपालकै उच्च ब्यवसायिक समूहको रुपमा आफूलाई स्थापित गर्न सफल भएको, ३ हजार ५०० भन्दा बढी जनशक्तिका लागि प्रत्यक्ष अप्रत्यक्ष रोजगारीका अवसर प्रदान गरेको उद्योगले जनाएको छ ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु