global ime bank Long Banner Ad

गृहपृष्ठ परियोजना अनुगमन समितिको दोस्रो बैठक सम्पन्न

परियोजना अनुगमन समितिको दोस्रो बैठक सम्पन्न

परियोजना अनुगमन समितिको दोस्रो बैठक सम्पन्न

मकवानपुर जिल्लाको हेटौँडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल-भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

सोमबार भएको बैठकमा भारत सरकार विदेश मन्त्रालयअन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह-सचिव सतीश सिवान र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह-सचिव कमल प्रसाद पोखरेलले सह-अध्यक्षता गरे ।

बैठकमा परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे समिक्षा भएको भारतीय दुतावासले जनाएको छ । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएको छ ।

कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौति पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको जनाएको छ । बैठकका क्रममा नेपाली पक्षले नेपालको पूर्वाधार विकासका लागि गरेको निरन्तर सहयोग गरेको प्रति भारत सरकारलाई धन्यवाद दिएको छ ।

भारत पक्षले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयास प्रति खुशी व्यक्त गेका छन् । दुई पक्षबीच परियोजना अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकुल पर्ने मितिमा गर्ने सहमति भएको छ ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु