global ime bank Long Banner Ad

गृहपृष्ठ फ्यान्टाको ‘कलरफुल हामी’ क्याम्पेन 

फ्यान्टाको ‘कलरफुल हामी’ क्याम्पेन 

फ्यान्टाको ‘कलरफुल हामी’ क्याम्पेन 

फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’ क्याम्पेनको आयोजना गर्दैछ । यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुने फ्यान्टाले जनाएको छ । ‘यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ । जुनसुकै उमेर, लिंग, पेशा भए पनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरिरहेका हुन्छन् । मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ,’ फ्यान्टाले भनेको छ ।

फ्यान्टाका अनुसार यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापन रहनेछन् । जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट पर्फमर, टिकटकर र बाइक स्टन्टर्सहरूमार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ । ‘यी विज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले प्रदान गर्ने चन्चलतालाई देखाएका छन् । यो क्याम्पेनको अर्को विज्ञापनले चाहिँ होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ,’ फ्यान्टाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै ‘नेपाल टुर कलर मानिया’ गर्ने भएको छ । जुन काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाटलगायत नेपालका प्रमुख सहरमा १३ वटा कार्यक्रम गरी मनाइँदैछ । यी कार्यक्रममा रमाइला र सहभागितामुलक गतिविधिहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ ।

यसा साथै फ्यान्टाले ‘कलरफुल हामी’ थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदै छ । यी विज्ञापनहरु भिडियो, सिनेमा, इन्फ्लुएन्सरहरु र सामाजिक सन्जाल सहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा हुने फ्यान्टाले जनाएको छ ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु