काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा सामान्य वृद्धि

7.83K
shares

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएकाे छ । आज सुनकाे मूल्य तोलामा २ सय रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको एक लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएकाे छ ।