काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ट्राफिक नियन्त्रण तालिम सुरू

7.79K
shares

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४३औं समूहको प्रहरी हवल्दार/प्रहरी जवान ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आइतबार एक कार्यक्रमका बच उद्घाटन भएको छ । महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले उक्त तालिमको उद्‍घाटन गरेका हुन् ।

उक्त अवसरमा एसएसपी जोशीले फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै व्यक्तित्व विकासमा समेत सघाउ पुर्‍याउने उल्लेख गरे । ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्याहरुलाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानवीय तथा भौतिक श्रोत साधनहरुको उच्चतम प्रयोग गरी सडक प्रयोगकर्ताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनुपर्नेमा उनले जोड दिए ।

प्रशिक्षार्थीहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रही लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्दै तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढी अध्ययनशील र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढीभन्दा बढी ज्ञान आर्जन गर्न प्रयत्नशील रहने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा तालिम संयोजक डीएसपी सन्तोष रोकाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ७५ जना गरी कुल ७७ (१२ महिलासहित) जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरीय ढंगले सञ्चालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो ।