काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

546
shares

ai logo सारांश

  • सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ ।
  • सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल ७० प्रदान गर्दै आएको छ ।
  • अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ ।

काठमाडौं । सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ ।

अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल ७० प्रदान गर्दै आएको छ ।