गृहपृष्ठ बागमती प्रदेशसभाको बैठक बस्दै, एमालेको अवरोध कायमै
बागमती प्रदेशसभाको बैठक बस्दै, एमालेको अवरोध कायमै
बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ। यसअघि फागुन १६ गतेका लागि बोलाएर स्थगन गरिएको बैठक दिउँसो १ बजे बस्ने भएको हो। पुस ७ र ८ गते दुई दिन चलेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको थियो । त्यसयता प्रदेशसभाको बैठक बस्ने सकेको छैन।
प्रमुख प्रतिपक्षी एमालेले प्रदेश सरकारसँग विभिन्न विषयमा जवाफ माग गरिरहेको छ। गौरवका आयोजना सुरुङ मार्ग र विद्युतीय बस खरिदको विषय स्थगन गर्ने निर्णय सरकारले गरेपछि प्रतिपक्षी असन्तुष्ट भएको हो ।
सोही कारण प्रतिपक्षीले निरन्तर प्रदेशसभाको बैठकमा अवरोध गरिरहेको हो । आज पनि एमालेले अवरोध गर्ने तयारी गरिरहेको छ ।
प्रकाशित समय : १४:४८ बजे


















