nmb bank

गृहपृष्ठ हुम्लाकाे सिमकोट बजारका चाेक र ढल सफाइ गर्न विदेशी नागरिक जुटे

हुम्लाकाे सिमकोट बजारका चाेक र ढल सफाइ गर्न विदेशी नागरिक जुटे

हुम्लाकाे सिमकोट बजारका चाेक र ढल सफाइ गर्न विदेशी नागरिक जुटे

हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिक गरेका छन् । बजार क्षेत्रमा मुख्य चोक, एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोकतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन् ।

उनले भने, 'यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ ।'

उनले तीनधारामा ढुंगा किनेर बिछ्याउने कार्यसमेत गरेका छन् । तीन दिन लगाएर यहाँ सरसफाइ गरेका हुन् । सफाइ गर्ने औजार पनि उनी आफैँले किनेका थिए । तीनधारामा भने उनलाई तीन अन्य स्थानीयवासीले सहयोग गरेका थिए । सोबिरालाई हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गरे ।

सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ । तर बजार क्षेत्र सधैँ दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु