global ime bank Long Banner Ad

गृहपृष्ठ झन्डै १३ अर्बको धान आयात

झन्डै १३ अर्बको धान आयात

झन्डै १३ अर्बको धान आयात

चालू आर्थिक वर्षको पहिलो सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।

सो अवधिमा बंगलादेशबाट १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।

केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित समय : २१:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु