सुनको मूल्य प्रतितोला १ लाख ३ हजार
वि.सं.२०७८ फागुन २३ सोमवार १७:०७
shares

नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकैदिन सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ पुगको छ । यस्तै तेजावी सुनको भाउ पनि सोही अनुसार बढेर १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ पुगेको छ ।
आइतबारका लागि छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ र चाँदीको १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार रुपैयाँ तथा चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
























