गृहपृष्ठ पदाधिकारी चयनका विषयमा छलफल गर्न माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
पदाधिकारी चयनका विषयमा छलफल गर्न माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
पुस ११ मा आठौं महाधिवेशन गरेको नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनको विषय अझै टुंग्याएको छैन । पार्टी पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल गर्न आज केन्द्रीय कमिटी बैठक पनि बस्ने भएको छ । फागुन २० देखि केन्द्रीय कमिटी बैठक चलेको थियो।
एमसिसी पारित भएको अवस्था, स्थानीय चुनाव तयारी र पदाधिकारी चयनजस्ता विषयमा केन्द्रीय कमिटीमा छलफल भएका छन्।
माओवादीले गत पुसमा महाधिवेशन गर्दा अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि पदाधिकारी चयन गरेको थिएन भने केन्द्रीय कमिटी सदस्य मात्रै चयन भएका थिए।
पदाधिकारी चयनसँगै स्थायी कमिटी र पोलिटव्युरो गठन गर्नेजस्ता विषयमा पनि आजको केन्द्रीय कमिटी बैठकले छलफल गर्नेछ ।
प्रकाशित समय : १५:०५ बजे



















