global ime bank Long Banner Ad

गृहपृष्ठ सहमतिबाटै महाअभियोग अघि बढ्याे ः कृष्णबहादुर महरा

सहमतिबाटै महाअभियोग अघि बढ्याे ः कृष्णबहादुर महरा

सहमतिबाटै महाअभियोग अघि बढ्याे ः कृष्णबहादुर महरा

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् ।

पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको अघि बढिएकाे बतए । उनले भने, 'जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।'

उनले पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई समेटेका छन् ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु