global ime bank Long Banner Ad

गृहपृष्ठ युद्धविराम गरेकै सहरमा रुसी हमला, युक्रेनका राष्ट्रपतिद्वारा अमेरिकासँग हतियार माग

युद्धविराम गरेकै सहरमा रुसी हमला, युक्रेनका राष्ट्रपतिद्वारा अमेरिकासँग हतियार माग

युद्धविराम गरेकै सहरमा रुसी हमला, युक्रेनका राष्ट्रपतिद्वारा अमेरिकासँग हतियार माग

युद्धविरामको घोषणा गरेकै सहरमा रुसले हमला गरेको युक्रेनको दाबी छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

शनिबार युक्रेनका दक्षिण पूर्वी दुई सहर मारियुपोल र भोनोभाखामा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै युद्ध रोकेको रुसले पुनः हमला गर्न थालेपछि हजारौं नागरिकलाई सुरक्षित तरिकाले बाहिर निकाल्ने काम प्रभावित भएको युक्रेन अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज ११औं दिन हो । राजधानी किभको उत्तर पश्चिम क्षेत्रका सहरहरुमा रुसी सेनाले आक्रमण जारी राखेका छन् । यहाँबाट मानिसहरु अति आवश्यक सामानहरु बोकेर सुरक्षित स्थानमा जाने कोसिस गरिरहेका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनलाई फाइटर जेट दिन र रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गरेका छन् । अमेरिकी कांग्रेसका करिब ३०० सदस्यहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै जेलेन्स्कीले उक्त माग राखेको बीबीसीले जनाएको छ । सम्बोधनको क्रममा उनले युक्रेनको आकाशलाई हवाई निषेधित क्षेत्र घोषणा गर्नुपर्ने माग फेरि पनि राखेका थिए ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु