गृहपृष्ठ ‘निर्वाचनमा गएर राजनीतिक दललाई दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्छ’
‘निर्वाचनमा गएर राजनीतिक दललाई दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्छ’
नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको शनिबार आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उनले तोकिएको समय (वैशाख ३०) गते नै स्थानीय तहको निर्वाचन गर्न माग गरे ।
उपाध्यक्ष नेम्वाङले निर्वाचनमा गएर राजनीतिक दललाई जनताले दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्ने बताए । उनले संविधान अनुसार अब तीनै तहको निर्वाचनमा होमिनुको विकल्प नरहेकोसमेत बताए ।
कार्यक्रममा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले पत्रकारले सत्य-तथ्य र निष्पक्षताका आधारमा जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालको बागमती प्रदेशभित्रको चितवन शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरिएको छ ।
प्रकाशित समय : ००:५६ बजे


















