काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज प्रतिनिधिसभा बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

11.45K
shares

संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बठैक बस्ने भएको हो । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे निर्णायक छलफल हुँदैछ ।

संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । एमसीसीबारे छलफल सुरु हुने भएपछि गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप लगाएको छ ।

एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत भएका छैनन् । देउवा प्रमुख प्रतिपक्ष एमालेसँग पनि समानान्तर छलफलमा छन् ।