सप्तरीमा करेन्ट लागेर एककाे मृत्यु
वि.सं.२०७८ फागुन १२ बिहीवार १३:२९
shares
फाइल फोटो
सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ ।
घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लागेकाे थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

























