काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युक्रेनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन अनुरोध, नेपालीबाट युक्रेन भ्रमण स्थगित

13.25K
shares

परराष्ट्र मन्त्रालयले युक्रेन भ्रमण स्थगित गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ ।

त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको छ ।

हाल युक्रेनमा ३८ नेपाली रहेको जानकारी आएको नेपाली राजदूतावास बर्लिनलाई उदृट गर्दै मन्त्रालयले जनाएको छ । उनीहरू सबै सकुशल रहेको पनि मन्त्रालयले जनाएको छ । युक्रेनमा रहेका नेपाली नागरिकहरूले आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनलाई सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।