काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘वीरग्रन्थ’ प्रकाशनको तयारी

15.1K
shares

वरिष्ठ साहित्यकार तिलकप्रकाश कायष्थद्वारा लिखित 'वीरग्रन्थ' नामक ग्रन्थ प्रकाशनको अन्तिम चरणमा पुगेको छ । सुवर्णस्मृति परिषद्ले प्रकाशनमा ल्याउन लागेको सो ग्रन्थमा प्रजातान्त्रिक आन्दोलनका ६० सहिद तथा वीर विरंगनाको जीवनी समावेश गरिएको छ ।

वीरग्रन्थ तयार गर्न चार वर्ष लागेको उनले जानकारी दिए । सो ग्रन्थ उनको १४औं कृति हो । लेखक कायष्थले पछिल्लो समय 'झुक्न नजानेका राष्ट्रवादी नेता बीपी कोइराला' पुस्तक सार्वजनिक भएको थियो ।

यसअघि उनका नेपाल भाषाका 'योमरी' (उक्ति संग्रह), 'नुग.ज' (निबन्ध संग्रह), 'वयागु हाथ्या' (कथा संग्रह), 'ख्वबि झसुका' (शोक काव्य), 'धनमाया' (लघुखण्ड काव्य), 'यौन ज्ञान मनोविज्ञान', 'उत्सर्ग' (कविता संग्रह), 'कमला' (कथा संग्रह) प्रकाशन भइसकेको छ ।