काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नयाँ मौसमी प्रणाली भित्रिदै, शुक्रबारदेखि धेरै स्थानमा बर्षा हुने

18.02K
shares

शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने भएको छ । मौसमविद्हरुका अनुसार त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पर्नेछ । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न नसकिने मौसमविदहरुको भनाइ छ ।

जल तथा मौसम विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली भएको छ । केही स्थानमा असिना पानी परिरहेको छ ।

बिहीबार एक दिन पानी पर्ने सम्भावना छैन तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरूमा पानी पर्नेछ ।