काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

777
shares

सङ्खुुवासभा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको बताएका छन् ।

सङ्खुवासभमा सदरमुकाम खाँदबारीमा आज पत्रकार भेटघाट कार्यक्रम मुख्यमन्त्री कार्कीले यस वर्षको बजेटमार्फत प्रदेशमै काम गर्न चाहने युवालाई लक्षित गरी करिब आठ अर्ब बराबरको रकम व्यवस्था गरिएको जानकारी दिए । साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई सहयोग पुग्ने गरी तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रम ल्याइएको उनले बताए ।

युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुका साथै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको उनको भनाइ छ । प्रदेश सरकारले आठ अर्ब बराबर रकम, यही प्रदेशमा काम गर्न चाहने युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताए ।

मुख्यमन्त्री कार्कीले युवाको उद्यमशीलता प्रवर्द्धनमार्फत प्रदेशको अर्थतन्त्रलाई थप सुदृढ बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे । उनले उत्पादन र रोजगारी वृद्धि गर्दै युवालाई आफ्नै प्रदेशमा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको लक्ष्य रहेको बताए ।

“अब परिवेश फरक छ र यसका पछाडि केही अन्य कारणहरू पनि छन् । हामीले चालु आर्थिक वर्षका लागि बजेट ल्याएका छौँ । नीतिगत रूपमा पनि बजेटमार्फत धेरै महत्त्वपूर्ण कार्यक्रम र योजना अघि सारेका छौँ”, मुख्यमन्त्री कार्कीले भने । उनले प्रदेश सरकारको विकास बजेटको सीमा र स्रोत–साधनको सीमितताका कारण हामीले चाहेजति विकास निर्माणका काम गर्न नसकेका बताए ।

“विगतका वर्षहरूमा हामीले धेरै विकासका आधारहरू तयार गरेका छौँ । सडक सञ्जालको विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएका छौँ”, उनले भने । उनका अनुसार विभिन्न नीतिगत सुधार गर्दै सुशासनको प्रत्याभूति गराउने दिशामा पनि निरन्तर काम भइरहेको छ । कोशी प्रदेशमा विकास, समृद्धि र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।