काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

1.47K
shares

ai logo सारांश

  • आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।
  • प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।
  • नेपालले खेल्ने सबै खेल कीर्तिपुरमा हुनेछन् ।

काठमाडौं । आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।

जसको खेलतालिका सार्वजनिक भएको छ।

सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले इटलीसँग डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गते खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

नेपालले आफ्नो दोस्रो खेल मंसिर २० मा युगाण्डासँग खेल्नेछ । त्यसपछि नेपालले मंसिर २४ मा युएई, २६ मा जर्सी र २८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै, नेपालले पुस ३ मा नामिबिया र ६ मा कुवेतसँग खेल्ने तालिका छ ।

यो प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता रहनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।

अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । लिग–२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान भने सिधै ग्लोबल क्वालिफायरमा प्रवेश गरेका छन् ।

नेपालले खेल्ने सबै खेल कीर्तिपुरमा हुनेछन् ।