वरिष्ठ कलाकार जयनन्द लामाको निधन
वि.सं.२०७८ फागुन ११ बुधवार १४:३४
shares

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । आज बिहान भक्तपुरको कौशलटारस्थित आफ्नै घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।
सिन्धुपाल्चोककाे बाह्रविसे नगरपालिका-२, धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले कयौं टेलिश्रृंखलामा पनि अभिनय गरेका छन् । लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट अभिनय यात्रा सुरू गरेका थिए । लामाका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।
उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
























