सामाखुसीबाट चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ
वि.सं.२०७८ फागुन १० मंगलवार १७:४५
shares

काठमाडौंको सामाखुशीबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।
महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुशीबाट महोत्तरी बर्दीबास घर भइ कपन बस्ने २० वर्षीय संजय विश्वकर्मालाई वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३-०२-१२ प ५५८२ नम्बर भएको एनएस पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले जानकारी दिए ।
वास्तविक नम्बर बा८५प ९०३४ खुल्न आएको उक्त मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाइकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताए । त्यसैगरी सोही स्थानबाट बा९७प ३१५५ नम्बरको पल्सर मोटरसाइकलसहित संखुवासभाको खाँदबारी घर भई काठमाण्डौं बस्ने रमेश राई नियन्त्रणमा आएका हुन् ।
कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाइकल चोरी भएको भनी यही असोजमा निवेदन दिएको महाशाखाले जनाएको छ । मोटरसाइकलसहित पक्राउ परेका दुवैलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगंजमा पठाइएको महाशाखाले जानकारी दिएको छ ।
























