गृहपृष्ठ मधेश प्रदेश सभाको बैठक बस्दै, संकल्प प्रस्तावमाथि छलफल हुने
मधेश प्रदेश सभाको बैठक बस्दै, संकल्प प्रस्तावमाथि छलफल हुने
मधेश प्रदेशको प्रदेश सभा बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुनेछ ।
गत माघ २६ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संकल्प प्रस्ताव पेश गरेका थिए । बैठकमा प्रदेश सभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रीना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको संकल्प प्रस्तावमाथि आ-आफ्ना धारणा राखेका थिए ।
यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेश सभा सचिवालयले स्थगन गरेको थियो ।
प्रकाशित समय : १४:१३ बजे



















