गृहपृष्ठ नेपालले आज युएईलाई जिते विश्वकपमा स्थान पक्का
नेपालले आज युएईलाई जिते विश्वकपमा स्थान पक्का
आज हुने सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपालले अस्ट्रेलियामा हुने आईसीसी ट्वान्टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ । विश्वकप १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुँदैछ ।
ग्लोबल क्वालिफायर ‘ए’बाट फाइनल खेल्ने दुई र जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायर ‘बी’बाट फाइनल खेल्ने दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
नेपालले आईसीसी ट्वान्टी-२० विश्वकपको ग्लोबल क्वालिफायर ‘ए’मा क्यानडालाई ८ विकेटले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको छ । सोमबार कुशल भुर्तेल र दीपन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्नुका साथै सन्दीप लामिछानेले तीन विकेट लिएको खेलमा नेपालले सानदार जित निकालेको थियो ।
नेपाल समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने लागेको हो । यूएई साेमबार बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह ‘ए’ बाट उपविजेता भएर सेमिफाइनल पुगेको हो ।
प्रकाशित समय : १२:५२ बजे



















