global ime bank Long Banner Ad

गृहपृष्ठ ई-सेवाले फेरि ल्यायो ‘रिफर एण्ड अर्न’ अफर

ई-सेवाले फेरि ल्यायो ‘रिफर एण्ड अर्न’ अफर

ई-सेवाले फेरि ल्यायो ‘रिफर एण्ड अर्न’ अफर

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ई-सेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । ई-सेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको थियो । यस अफरअन्तर्गत ई-सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई ई-सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले ई-सेवामा रष्जिट्रर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्नेछन् । यस्तै ई-सेवामा न्यूनतम सय रुपैयाँ लोड गर्दा ५ र कारोबार गर्दा १० रुपैयाँसहित ३५ रुपैयाँ आम्दानी गर्न सकिन्छ । रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिनभित्र सोही लिंक क्लिक गरी आग्रह रिफर स्वीकार गर्नुपर्नेछ ।

ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ । ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रकाशित समय : ००:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु