global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकको १०९औं शाखा गढवामा

सांग्रिला डेभलपमेन्ट बैंकको १०९औं शाखा गढवामा

सांग्रिला डेभलपमेन्ट बैंकको १०९औं शाखा गढवामा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा दाङको गढवा गाउँपालिका वडा नं. ६ मा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरले गरेको बैंकले जनाएको छ । गढवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ ।

हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको बैंकले जनाएको छ । 

 

प्रकाशित समय : ००:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु