काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इनारमा खसेर १४ जनाको मृत्यु

13.02K
shares

उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले पत्रकारहरूलाई भने, पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए ।

जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताएका छन् । गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताएका छन् ।

भारतीय विवाहहरू प्रायः ठूलो संख्यामा पाहुनाहरू आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ । सन् २०१७  मा उत्तरपश्चिमी राज्य राजस्थानमा एक विवाह समारोह भईरहेको अवस्थामा आएको आँधीबेहरीको क्रममा पर्खाल भत्किँदा २४ व्यक्तिको मृत्यु भएको थियो ।