गृहपृष्ठ सलमान खान नेपाल आउँदै

सलमान खान नेपाल आउँदै

सलमान खान नेपाल आउँदै

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । एक कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिस, प्रभु देवा लगायतका कलाकार नेपाल आउने भएका हुन् । कार्यक्रम ओडीसी इन्टरटेन्मेन्टको आयोजना गर्न लागेकाे हाे ।

ओडीसीकै आयोजनामा चार वर्षअघि दबंग रिलोडेड कार्यक्रम हुने भनिएको थियो । तर, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अवरोध गर्ने धम्की दिएपछि उक्त कार्यक्रम रद्द गरिएकाे थियाे । सोही सम्झौताअनुसार सलमानलाई फेरि नेपाल ल्याउन लागिएको आयोजकले जनाएकाे छ ।

आयोजकका अनुसार उक्त कार्यक्रम आगामी वैशाख ३ गते काठमाडौंस्थित दशरथ रंगशालामा हुने तय भएकाे छ । कार्यक्रमको तयारी र सुरक्षा व्यवस्थाको निरीक्षण गर्न सलमानका भाइ केही दिनमा नेपालमा आउने भएका छन् ।

प्रकाशित समय : १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु