प्रधानमन्त्री देउवाले बाेलाए मन्त्रिपरिषद बैठक
वि.सं.२०७८ फागुन ५ बिहीवार १७:४२
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषदकाे बैठक बस्ने लागेको हो । यद्यपि, यो नियमित बैठक भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । बैठक आज दिउँसो २ बजे बस्ने तय भएकाे छ ।
सरकारले भोलि एमसीसी संसदमा जसरी पनि टेबल गर्ने अडानबीच यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । एमसीसीमा सत्ता गठबन्धनमै मत बाझिएपछि हिजो संसदमा एमसीसी टेबल हुन सकेन । माओवादी केन्द्रले एमसीसी टेबल गरिए सरकार छाड्ने चेतावनी दिँदै आएको छ । माओवादी र एकीकृत समाजवादी अहिले एमसीसीको विरोधमा सडकमा प्रदर्शन गरिरहेको छ ।
एमसीसीमा सहमति खोज्न आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री देउवाले एकघण्टा छलफल गरेका थिए ।

























