काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुकुरको टोकाइबाट २० जना घाइते

14.36K
shares

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-८, बजराही गाउँमा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् । बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फारामनजिकै बसिरहने एक कुकुरले टोकेर स्थानीयवासी २० जनालाई घाइते बनाएको हो ।

विगत तीन/चार दिनको अवधिमा सो कुकुरले स्थानीय चन्दु ठाकुर, रामआश्रे मण्डल, रमेश ठाकुरसहित आठ महिला र १२ पुरुष गरी २० जनालाई टोकेर घाइते बनाएको स्थानीयवासी चन्देश्वर साहले बताए । घाइतेहरूले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराएका छन् । स्थानीयवासीले सो कुकुरलाई नियन्त्रण गर्न जलेश्वर नगरपालिकासँग माग गरेका छन् । (रासस)