बढेर आयाे पेट्रोलियम पदार्थको मूल्य, १५ दिनमा साढे २अर्ब घाटा हुने निगमकाे दाबी
वि.सं.२०७८ फागुन ५ बिहीवार ०३:१८
shares

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाे नेपाल आयल निगम लिमिटेडले जनाएकाे छ । निगमले बुधबार विज्ञप्ति जारी गरी कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रतिब्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य पठाएको जानकारी दिएको हो ।
नयाँ मूल्यअनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएकाे छ । नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएकाे छ ।
निगमकाे विज्ञप्ति :


























