चिसो बढेपछि तराईँको जनजीवन कष्टकर बन्दै
वि.सं.२०७८ पुस ४ आइतवार १६:५४
shares

ह्रवात्तै चिसाे बढेपछि तराईँको जनजीवन कष्टकर बन्दै गएकाे छ । चिसोका कारण धनुषासहित प्रदेश-२ का विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हाे । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
शीतलहरकाे जाेखिम पनि बढेपछि बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल राख्न चिकित्सकहरूले आग्रह गरेका छन् । वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकले सुझाव दिएका हुन् ।

























