काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेञ्चुरी बैंकले घोषणा गर्‍याे गत वर्षको लाभांश

17.91K
shares

सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट ७.५० लाभांश वितरण गरेको थियो ।

प्रस्तावित ६.०५ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।