काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ज्येष्ठ नागरिकको आश्रयस्थल बन्दै निलसागर

924
shares

बाँके । निलसागर आश्रम ज्येष्ठ नागरिकको आश्रयस्थल बनेको छ । उक्त आश्रयस्थल नेपालगञ्ज उपमहानगरपालिका–९ मा पर्छ । बढैयाताल गाउँपालिकाकी सरिता खनालले सो आश्रम निर्माण गरेका थिए । सडक दुर्घटनामा भाईको निधन भएपछि भाईको सम्झनामा उक्त आश्रयस्थल विसं २०७३ मा निर्माण गरिएको हो ।

बागेश्वरी मन्दिर परिसरबाट एक जना वृद्ध बाको उद्धार गरेर सुरु गरिएको आश्रममा हाल ६४५ जना अभिभावकविहीन बालवालिका तथा ज्येष्ठ नागरिकलाई राखिएको आश्रमका मानार्थ सदस्य यमकान्त खनालले जानकारी दिए। आश्रममा बा, आमा र वृद्धलाई मात्र राख्ने भनेर सेवा भाव राखिएको थियो तर पछि सडकमै गर्भवती महिला भेटिन थालेपछि “निलसागर खुसी बालग्राम” नामकरण गरेर बालबालिकाको उद्धार गरिएको उनले बताए ।

खनालले आश्रममा बस्ने क्रममा वृद्ध तथा वृद्धा ३०० बुवाआमाको निधन भइसकेको र उनिहरुको अन्त्येष्टि पनि आश्रमबाट भएको जानकारी दिए । आश्रममा बालबालिकासहित २४५ जना अशक्त छन । जसमध्ये बालवालिकाको सङ्ख्या ८५ छ ।

आश्रममा सबैभन्दा कान्छो एक महिनाको शिशु छन । शिशुको विधिवत न्वारन गरेर आश्रममा स्वागत गरिएको थियो । यहाँ रहेका अधिकांश बालबालिका नेपालगञ्जका प्रतिष्ठित निजी विद्यालयमा अध्ययन गरिरहेको उल्लेख गर्दै निलसागर आश्रमले छात्रवृति कोषमार्फत अध्ययन गरिरहेको जनाएको छ । खनालले कतिपय बालबालिका छुटमा पनि निजी विद्यालयमा अध्ययन गरेको र जसले निजी विद्यालय अध्ययन गर्न सक्दैनन उनीहरुले सरकारी विद्यालयमा अध्ययन गरिरहेको बताए ।

उनले १० बर्षसम्म पनि भाडाको भवनमा बस्न परेको गुनासो गर्दै आश्रमलाई कुनै प्रकारको सहयोग नभएको बताए । त्यहाँ बसेको भाडा मात्रै मासिक ५० हजार रहेको छ । “हामीले आफ्नै भवन बनाइरहेका छौँ, तर पैसाको अभावले पूरा हुन पाएको छैन, खनालले भने ।”, सो भवन नेपालगञ्ज उपमहानगरपालिका–६ मा निर्माणाधीन अवस्थामा छ । खनालले कोहलपुर र नेपालगञ्जको बिजुली र खानेपानीसहित आवास भाडा मात्रै मासिक करिब दुई लाख खर्च हुने जानकारी दिँदै आश्रमको शाखा कार्यालय, दाङ, पोखरा, पाल्पालगायत जिल्लामा रहेका छन् ।

आश्रममा हुर्केकी छोरी संरचना निलसागरले कतिपय घटना हृदयविदारक घटना रहेको जानकारी दिँदै संस्थाकी अध्यक्ष सरिता खनालको पहलमा निर्माण भएको निलसागर आश्रमले अभिभावकविहीन बालबालिका तथा ज्येष्ठ नागरिकका लागि लालनपालन, पोषण, स्वास्थ्यमा लगानी गरिरहेको बताइन ।