काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ट्रक दुर्घटनामा परी दुईको मृत्यु

12.2K
shares

पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका-२६ विजयपुरमा लु२ख २९४८ नम्बरकाे ट्रक बिहान ४ः३० बजेकाे समयमा अनियन्त्रित भइ नालीमा पल्टिदा दुईकाे मृत्यु भएकाे हाे । ट्रक फलामे छड बाेकेर लेखनाथबाट पोखरातर्फ जाँदै गरेको थियाे ।

घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाम, थर, वतन नखुलेका अन्दाजी ४०/४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । डीएसपी सुन्दर तिवारीका अनुसार दुर्घटनामा घाइते भएपछि दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकाे थियाे । उनीहरूलाई बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले दुवै जना ट्रकका चालक र सहचालक हुनसक्ने जनाएको छ । सवारी धनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी तिवारीले बताए ।