काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बस्तीमा जंगली हात्तीको आतंक

12.03K
shares

झापाको कमल गाउँपालिका-५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।

रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पा लगायतका बस्तीमा दिनहुँजसो आतंक मच्चाउँदै आएको छ ।
बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो ।

दिनुहुँजसो हात्तीले बस्तीमा आतंक मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गर्दै आएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पुर्‍याउँदै आएको छ ।