काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरू

9.79K
shares

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आगामी शनिबार हुने पार्टीको प्रदेश सम्मेलन तयारीबारे छलफल गर्ने बताइएको छ ।

प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक एजेन्डाका विषयमा समेत छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीतिक प्रतिवेदनका विषयमा समेत सुझाव संकलन हुने छ ।

माओवादीले यसअघि नै सेल, वडा र पालिका सम्मेलन गरिसकेको छ । माओवादीले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दैछ ।