काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शिक्षक र विद्यार्थी बाेकेकाे जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

9.49K
shares

लमजुङको मर्स्याङ्दी गाउँपालिका-८, भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानीबाट वडा नम्बर ८ भुस्मेमाथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग. १ ज ६३१७ नम्बरको जीप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको हाे । मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ पुर्‍याएका छन् ।