चितवनमा टिपरको ठक्करबाट एक महिलाको निधन
वि.सं.२०७८ मंसिर १७ शुक्रवार २०:२७
shares

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको घटनास्थलमानै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश नम्बर २-०३-००१ प ४२४९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ६७२७ नम्बरको टिपरले आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक विकास नेपाली सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
























