काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु

1.81K
shares

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउँदै लोकतान्त्रिक प्रक्रिया र नीति निर्माणमा उनीहरूको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले नौ करोड ५० लाख को ‘समावेश’ परियोजना सुरु भएको छ ।

युरोपेली सङ्घको आर्थिक सहयोगमा सिबीएम ग्लोबलको नेतृत्वमा सञ्चालन हुने तीन वर्षे ‘आवाज, समानता, ऐक्यबद्धता र सद्भाव प्रवद्र्धनका लागि सक्रिय उपाय’ (समावेश) परियोजनाको आज यहाँ आयोजित कार्यक्रममा शुभारम्भ गरिएको हो ।

परियोजना बागमती र कर्णाली प्रदेशका काठमाडौँ र भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका तथा वीरेन्द्रनगर र चन्दननाथ नगरपालिकामा परियोजना सञ्चालन हुनेछ ।

परियोजनाअन्तर्गत अपाङ्गता भएका व्यक्तिको राजनीतिक तथा निर्वाचनसम्बन्धी अधिकारको अवस्था अध्ययन, निर्वाचन प्रक्रियाको समावेशिता र पहुँचयोग्यताको अनुगमन, नीतिगत पैरवी, कानुनी वकालत तथा नागरिक समाजको क्षमता अभिवृद्धिका गरिने छ ।

परियोजनाको औपचारिक प्रारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न तथा सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले अपाङ्गताप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिको क्षमता र सशक्ततालाई सम्मान गर्दै उनीहरूप्रतिको सामाजिक सोच परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद गङ्गा छन्त्यालले अपाङ्गता भएका व्यक्तिका आवाज संसद्मा प्रभावकारी रूपमा उठाउन आपसी समझदारी र सहकार्य आवश्यक रहेको बताए ।

राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका आफूजस्ता अपाङ्गता भएका व्यक्ति एकजुट भएर समुदायका सवाल उठाउनुपर्ने उनको भनाइ थियो ।

सांसद यशोदा बरालले अपाङ्गता भएका सांसदले समेत विभेदको सामना गर्नुपरेको उल्लेख गर्दै उनीहरूलाई आर्थिक तथा राजनीतिक रूपमा सशक्त बनाउन आवश्यक रहेको बताए ।

राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले समावेशी कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।