कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी हुदेै महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित
वि.सं.२०८३ असोज २७ मंगलवार २१:४०
shares

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएको छन् । कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनामा खतिवडा र शिवाकोटी विजयी भएको हुन् । उक्त पदमा नौ जना प्रतिस्पर्धी थिए।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले खतिवडाले दुई हजार ९१० र शिवाकोटीले दुई हजार १७३ मत प्राप्त गरी विजयी भएको जानकारी दिए ।
डिल्लीराम सुवेदीले एक हजार ८५२, देवेन्द्रराज कँडेलले एक हजार ३८१, राजीव ढुङ्गानाले एक हजार २३२, विकास कोइरालाले एक हजार १४४, अमृत अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८० र विमलराज क्षेत्रीले २८३ मत प्राप्त गरे
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित
महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएको छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक पाँच हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको हुन् ।
उर्मिला थपलियाले तीन हजार ९७०, निमा गिरीले तीन हजार ९०६, कुसुमदेवी थापाले तीन हजार २५०, धनाकुमारी खतिवडाले तीन हजार २३१ म्त ल्याएर विजयी भएको छन् ।
यसैगरी, विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापामगर, गङ्गा दाहाल र उमा दाहाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो ।
























